☰ open Loading... 16 September 2024|  

१२ उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण
  | ८ पुष २०७९, शुक्रबार ०५:०२

हुम्ला। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका १३ जनामध्ये १२ जना उम्मेदवारले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् ।

 

जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख जगदिश शाहीका अनुसार प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरु तेजबहादुर रावत (राप्रपा), दल रावल (नेकपा एमाले) र नेकपा माओवादी केन्द्रका उम्मेदवार छिरिङ डम्डुल लामा (कार्चेन)ले निर्वाचन खर्च बुझाएका छन् । लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित बनेका थिए ।

 

यस्तै, प्रदेशसभा (क) मा उम्मेदवारी दिएका छापे ऐडी (राप्रपा), हस्तबहादुर शाही (नेकपा एकीकृत समाजावादी), रणसिंह परियार (नेकपा माओवादी केन्द्र) र मङ्गलबहादुर शाही (स्वतन्त्र)ले निर्वाचन खर्च विवरण बुझाएका छन् । रनसिंह परियार निर्वाचित प्रदेशसभा सदस्य हुन् । प्रदेशसभा (क) मा नेकपा एमालेका उम्मेदवार दलबहादुर फडेराले मात्र बुझाउन बाँकी रहेको छ ।

 

यता, प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका पाँचै जनाले खर्च विवरण बुझाएका निर्वाचन कार्यालयले जनाएको छ । यसरी खर्च विवरण बुझाउनेमा जीवनबहादुर शाही (नेपाली कांग्रेस), सुमन रावत (राप्रपा नेपाल), बलिराज शाही (जनता समाजवादी), नैनसिंह रावत (राप्रपा) र छक्क बहादुर लामा (नेकपा एमाले)का उम्मेदवार रहेका थिए । उनीहरु सबैले खर्च विवरण बुझाएका छन् । दलबहादुर फडेरालाई खर्च विवरण बुझाउनका लागि सम्पर्क गर्ने कार्य भइरहेको कार्यालयले जनाएको छ ।