☰ open Loading... 18 October 2024|  

‘पिरतीमा जले पछि’मा लोकेन्द्र र यशुको अभिनय
  | ९ पुष २०७९, शनिबार ०८:१८

यामराज बिष्ट
दैलेख- लोकप्रिय गायक प्रताब दासको स्वर रहेको पिरतीमा जले पछि गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। । कुमार रेग्मीको शब्द शृजना रहेको गीतमा लोकेन्द्र जिसी कुमारको संगीत रहेको छ ।

भिडियोमा गायक सर्जक लोकेन्द्र जिसी कुमार र चर्चित मोडल यशु भट्टरार्ईको अभिनय देख्न सकिन्छ । शुक्रबार सार्वजनिक भएको गीतमा काजिश श्रेष्ठ निर्देशन रहेको भिडियोमा रहेको छ ।श्रेष्ठले निर्देश गरेका कैयौँ गीतका म्यूजिक भिडियो दर्शक स्रोताको मन जितिसकेका छन् ।

गायक ,मोडल लोकेन्द्र जिसि कुमारले पछिल्लो समयमा ३दर्जन भन्दा बढि गीतमा अभिनय ,स्वर, लय ,शब्द सिर्जना गरिसकेका छन्। आफूलाई नेपाली गीत संगीतको मोह कहिले पनि नघटेको उनले बताए।