☰ open Loading... 18 October 2024|  

ओलीको कुशल नेतृत्वले सही परिणाम दियो : योगेश भट्टराई
  | ११ पुष २०७९, सोमबार ०५:२१

काठमाण्डाै – नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको कुशलताले आज आइतवार नयाँ सरकारमा सफलता मिलेको बताउनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै भट्टराईले एमालेको सचिवालय बैठकको मूल भावअनुसार काम भएको बताउनुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘२०७९ पौष ७ गते बिहान भएको नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकको मूल स्प्रिट यही थियो जसलाई अध्यक्ष कमरेड केपी ओलीले कुशलतापूर्वक नेतृत्व गर्नुभयो, परिणाम आयो । चुनाव गराउनेको बहुमत नआउनु भनेको नयाँ विकल्पमा जाने जनादेश हो, संसदीय लोकतन्त्र भएका देशमा यसलाई स्वाभाविक मान्नुपर्छ ।’