☰ open Loading... 19 October 2024|  

पाल्पामा टिप्परले च्यापेर सह चालकको मृत्यु
  | १२ पुष २०७९, मंगलवार ०५:२९

पाल्पा । पाल्पामा टिप्परले च्यापेर एक जनाको मृत्यु भएको छ ।सोमबार बिहान साढे ५ बजे निस्दी ७ ज्यामिरेको पिपेन्डीस्थित सर्वोत्तम सिमेन्टको खानीबाट चुनढुंगा लोड गरेर राखेको टिप्पर अचानक गुडेको थियो ।

त्यो टिप्परले हावा भर्न रोकेको टिप्परका सहचालक सुर्खेतका चिनगाड गाउँपालिकाका २७ वर्षीय जीतबहादुर चलाउनेलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।

सहचालक चलाउनेको दुवै टिप्परको बीचमा च्याप्पिएर निधन भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।