☰ open Loading... 19 October 2024|  

सुरक्षा व्यवस्था चुस्त राख्न गृहमन्त्री लामिछानेको निर्देशन
  | १३ पुष २०७९, बुधबार ०५:१७

काठमाडौंः उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायका प्रमुखहरूबाट सुरक्षासम्बन्धी ब्रिफिङ लिएका छन् ।

 

सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा नेपाली सेनाका एक जना रथीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख सह–सचिव फणिन्द्र पोखरेललगायतको सहभागिता रहेको थियो ।

 

त्यसक्रममा उनीहरुले गृहमन्त्री लामिछानेलाई सुरक्षा व्रिफिङ गरेका थिए । गृहमन्त्री लामिछानेले सुरक्षा निकायका प्रमुखहरूलाई सुरक्षा व्यवस्था चुस्त राख्न निर्देशन दिएका छन् ।