☰ open Loading... 20 October 2024|  

हुम्लाको यारी नाका एकतर्फी खुला
  | १५ पुष २०७९, शुक्रबार ०५:०७

हुम्ला । हुम्लामा चार वर्षदेखि रोकिएको यारी नाका चीनले एकतर्फी रुपमा खुला गरेको छ । चीनले नेपालतर्फ वस्तु आयात गर्न सक्नेगरी हुम्लामा पर्ने यारी नाका  खुला गरेको हो ।

 

हुम्लाको यारी हुँदै हिल्सासम्म  ७ ट्रक माल वस्तु ल्याएर नेपालतर्फ भित्रिएको हुम्ला यारीमा रहेको भन्सार कार्यालयले जनाएको छ । हुम्लाको यारी नाका भन्सार कार्यालय प्रमुख रामराज जैसीले नेपालतर्फ मालवस्तु भित्रिएको बताए । उनका अनुसार ७ वटा ट्रकमा सामान नेपालतर्फ आएका छन् ।

 

उनले भने, ‘उक्त  ट्रकमा  के सामान आएका छन् त्यो अहिले भन्न सकिने अवस्था रहेको छैन ।’ त्यस्तै  चिनियाँ दूतावासले पनि हुम्लाको नाका एकतर्फ सञ्चालनमा आएको जनाएको छ । कोभिडका कारण बन्द अवस्थामा रहेको नाका नेपालतर्फ सामान ल्याउन सकिने गरी सञ्चालनमा आएको हो । यसले गर्दा हुम्लामा बसोबास गर्ने नागरिकलाई सहज भएको स्थानीय बहादुर लामाले बताए ।