☰ open Loading... 20 October 2024|  

लागूऔषधसहित एक पक्राउ
  | १५ पुष २०७९, शुक्रबार ०५:१२

बर्दिया । सशस्त्र प्रहरी बल, कण्ठपुर पोष्टले भारतबाट लुकाइछिपाई ल्याएको ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका—२ कण्ठपुर चोकबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा बाँके कोहलपुर—२ का ३९ वर्षीय द्धारिकाप्रसाद थारुलाई ४ ग्राम लागूऔषधसहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले जनाए ।

थारुको साथबाट भे ९ प ४८१० नम्बरको मोटरसाइल पनि नियन्त्रणमा लिइएको छ ।