☰ open Loading... 20 October 2024|  

कर्णाली प्रदेशसभाको पहिलो बैठक पुस १८ गते
  | १५ पुष २०७९, शुक्रबार ०५:१९

वीरेन्द्रनगर — कर्णाली प्रदेशसभाको पहिलो बैठक पुस १८ गतेलाई बोलाइएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आह्वान भएको हो ।

 

 

मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परियारले पुस १८ गते सोमबार दिउँसो १:०० बजे बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् । बैठकको अध्यक्षता ज्येष्ठ सदस्य विनोदकुमार शाहले गर्नेछन् ।