☰ open Loading... 22 October 2024|  

नाम्खा गाउँपालिकालाई चीनले दियो स्काभेटर उपहार
  | १९ पुष २०७९, मंगलवार ०५:०८

हुम्लाको नाम्खा गाउँपालिकालाई चीन सरकारले स्काभेटर सहयोग गरेको छ । विकास निर्माणमा सहयोग पु¥याउने उद्देश्यले चीन सरकारले स्काभेटर प्रदान गरेको गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामाले जानकारी दिए ।

 

स्काभेटर लिनका लागि अध्यक्ष लामाको नेतृत्वमा गाउँपालिकाको टोली चीन र नेपालको सिमाना हिल्सा पुगेको थियो । सिमानाको कस्टम प्रतिनिधि र परराष्ट्र मामिला प्रतिनिधिले स्काभेटर हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष लामाले बताए । उनका अनुसार स्काभेटर पाएलगत्तै गाउँपालिकाले एक जना ड्राइभरकोसमेत व्यवस्था गरी सकेको छ ।

 

हिल्सामा रहेको उक्त स्काभेटरलाई कर्णाली करिडोरको हिल्सा–सिमकोट सडक खण्डको हिल्सादेखि नारा क्षेत्रमा भत्किएको सडकको मर्मत गरेर गाउँपालिका केन्द्र याल्वाङ ल्याउने तयारी भइरहेको उनले बताए । चीन सरकारले ठूलो सहयोग गरेको बताउँदै अध्यक्ष लामाले गाउँपालिकालाई विकासका काम गर्न सहज हुने बताए ।

 

चीनले यसअघि नाम्खा गाउँपालिकाकालाई खाद्यान्न, औषधि, उपकरण, विकास निर्माणका सामग्री सहयोग गर्दै आएको छ । यसअघि गाउँपालिकालाई गत जेठमा जिल्ला समन्वय समितिले पनि स्काभेटर सहयोग गरेको थियो । यो सँगै नाम्खा गाउँपालिकासँग अब दुई वटा स्काभेर भएका छन् ।