☰ open Loading... 13 March 2025|  

स्थानीय पाठ्यक्रम विमाेचन
  | २० पुष २०७९, बुधबार ०५:४५

दैलेख –नारायण नगरपालिकाले  स्थानीय पाठ्यक्रम अनुरुपमा नयाँ पाठ्यपुस्तक तयार पार्दै सार्वजनिक गरेको छ  । नगरको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गर्ने नारायण नगरपालिका जिल्लाको पहिलो स्थानीय तह बनेको छ ।

“हाम्रो नारायण नगरपालिका” “हाम्रो परिचान” नाम दिइएको स्थानीय पाठ्यक्रमको मंगलबार सार्वजनिक गर्दै नाराणय नगरपालिकाका नगरप्रमुख लोमन शर्मा चालू शैक्षिक सत्र २०७९ बाटै कक्षा १ देखि ८ सम्म यो पाठ्यक्रम लागू गरिने  जानकारी दिए ।

“स्थानीयस्तरमा रहेका पर्यटकीयस्थल, कला, संस्कृति, प्राकृतिक सम्पदा लगायत नारायणको समग्र क्षेत्र समेटिने गरी नगरको पहिचान प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयार गरिएको बताए।

यस्तै पाठ्यक्रम निर्माण कार्यदलका संयोजक जिवराज मिमिल्सेनाले सिमित स्रोत साधनका बापजुत पनि पाठ्यक्रम निर्माण गरि नारायण नगरपालिका भरिका प्रत्येक विद्यालयलाई एक/ एक थान पाठ्यक्रम बितरण गरिएको बताए ।स्थानीय मौलिकता, पहिचान र महत्वलाई बुझाउँदै शिक्षाको खाँचो रहेको उल्लेख गर्दे नारायणको ऐतिहासिक महत्व झल्काउनेगरि पुस्तक बनाइएको उनले जानकारी दिए ।