☰ open Loading... 22 October 2024|  

प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली
  | २० पुष २०७९, बुधबार ०५:५८

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

 

अध्यक्ष ओली प्रचण्डलाई भेट्न मंगलबार साँझ बालुवाटार पुगेका हुन् । उनीहरुबीच समसामयिक राजनीति, सभामुखको निर्वाचन, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

सत्ता साँझेदार दलले अर्थतन्त्रको सबलीकरण र सुशासनमा जोड दिँदै न्यूनतम साझा कार्यक्रम ल्‍याउने तयारी गरेको छ भने प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी गरेका छन् । साथै पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तय भएको छ ।