☰ open Loading... 18 October 2024|  

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्यो
  | २५ पुष २०७९, सोमबार ०५:०८

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँले घटाएको हो ।

 

अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ ।

 

निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । जसअनुसार बाह्य हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ र आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाइएको निगमले जनाएको छ ।खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ ।