☰ open Loading... 16 September 2024|  

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्माले गरे दाबी पेश
  | २७ पुष २०७९, बुधबार १७:०९

कर्णालीको मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्माले दाबी पेस गरेका छन् । उनले २५ सांसदको समर्थनमा बुधबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर दाबी पेस गरेका हुन् ।

शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १, एकीकृत समाजवादी १ सांसदले समर्थन गरेका छन् ।

कर्णालीमा माओवादी र एमालेबीच साढे २/२ वर्ष मुख्यमन्त्री आलोपालो गर्ने सहमति बनेको छ ।