☰ open Loading... 16 September 2024|  

कर्णाली प्रदेशसभामा सभामुख र उपसभामुख चयनको कार्यतालिका सार्वजनिक
  | २८ पुष २०७९, बिहीबार ०५:१३

सुर्खेत । कर्णाली प्रदेशसभाले दोस्रो कार्यकालको दोस्रो सभामुख र उपसभामुख चयनको कार्यतालिका सार्वजनिक गरेको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो बैठकले सभामुख र उपसभामुख चयनको मिति तय गरेसँगै कर्णालीमा भावी सभामुखका बारेमा चर्चा हुन थालेको छ । सभामुख चयनका लागि ज्येष्ठ सदस्य एमालेका विनोदकुमार शाहले आगामी माघ १ गते दिउँसो १ बजेका लागि मिति तोक्नु भएको हो ।

निर्वाचन प्रयोजनका लागि पुस ३० गते मतदाता नामावली प्रकाशन, उम्मेदवारको प्रस्ताव दर्ता, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारको प्रस्ताव उपर दाबी विरोध कार्यक्रम तय गरिएको छ ।

यस्तै, माघ १ गते उम्मेदवारको प्रस्ताव फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र सोही दिन ११ बजेदेखि सभाको बैठक प्रारम्भ, मत विभाजन र निर्वाचन परिणाम घोषणा गर्ने कार्य तालिका रहेको प्रदेश सचिवालयले जनाएको छ ।