☰ open Loading... 19 September 2024|  

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश
  | ३० पुष २०७९, शनिबार ०५:१९

काठमाण्डाै‌ ।  नेकपा एमालेका पूर्व-उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गरेका छन् ।

नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन् ।

गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उनले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । एकीकृत समाजवादीले भुसाललाई सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ । भुसालले एकीकृत समाजवादी पार्टीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने प्रतिबद्धता जनाए ।