☰ open Loading... 19 September 2024|  

बालबालिकाको लागि पोषण अभियान शुरु
  | ३० पुष २०७९, शनिबार ०५:५८

दैलेख- नारायण नगरपालिका दैलेखले बालबालिकाको स्वास्थ्यमा सुधारका लागि पोषण ब्यवहार परिवर्तन गर्न सबै वडामा नीतिगतरूपमै अगाडि बढेको छ। नगरपालिकाले बच्चाको स्वास्थ्य , पोषण अवस्थामा सुधार ल्याउनका लागि स्वास्थ्यकर्मी, टोल टोलमा रहेकाआमा समूह मार्फत अभियान थालेको हो ।

यसअघि सबै वडाका स्वास्थ्यकर्मी,आमा समूहमार्फत स्वास्थ्य र पोषणमा काम गर्दै आएको नगरपालिकाले बालबालिकाको स्वास्थ्यबारे सचेत होऊन् भनी अभियान थालेको नारायण नगरपालिकाकी उप-प्रमुख तप्ता कुमारी थापाले बताईन् ।स्वास्थ्य क्षेत्रको सुधारका योजना नै नगरपालिकाले प्रथामिकतामा राख्ने गरेको उनले बताईन् ।

 

सबै वडा समुदायका बालबालिकाको उमेर अनुसारको बृद्वि र बिकास हुनुपर्नेमा भए नभएको बारेमा जानकारी लिन बच्चा जन्मेदेखि २४ महिना सम्म बाल तौल अनिवार्य लिन आवश्यकता पर्छ ,साथै उमेर अनुसारको खानेकुरामा  ध्यान दिनुपर्ने हुन्छ,बाल स्वास्थ्यमा सुधारका लागि पोषण ब्यवहार परिवर्तन को महत्त्व बुझाउन सबै वडाका स्वास्थ्यकर्मीहरूले पोषण लेखाजोखा र पोषण परामर्श दिने कामलाई अभियानको रूपमै संचालन भएको नारायण नगरपालिका स्वास्थ्य शाखाका सह–संयोजक लाल बहादुर खड्काले बताए ।

सबै वडाका स्वास्थ्यकर्मीहरूले बालबालिकाको अभिभावकलाई पोषण ब्यवहार सुधारका लागि हरेक बार खाना चार प्रबर्द्धनका लागि नवजात बच्चाको पोषण सुधारका लागि नगरपालिकाले अभियान थालेको  समेत उनले बताए ।

बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन ग्रामीण क्षेत्रका अभिभावकमा जनचेतना बढाउनुपर्ने नारायण नगरपालिका दैलेखका प्रबक्ता तथा नारायण नगरपालिका वडा नं-६ वडाअध्यक्ष जनक न्यौपाने बताए । नारायण नगरपालिकाले सबैको चासो र नियमित अनुगमनबाट बालबालिकाको पोषण र स्वास्थ्यमा सुधारका लागि थुप्रै कार्यक्रम सञ्चालन गरिएको उनले बताए।