☰ open Loading... 19 September 2024|  

आईतवार विहान जिप दुर्घटना हुँदा चार जनाको मृत्यु
  | ८ माघ २०७९, आईतवार १९:१०

No description available.
वीरेन्द्रनगर, माघ ८ – रत्न राजमार्ग अन्र्तगत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –११ झुप्राखोला नजिक छिन्चुबाट वीरेन्द्रनगर आईतवार विहान २ः३० बजे आउँदै गरेको जिप अनियन्त्रित दुर्घटना हुँदा शनिवार राती चार जनाको मृत्यु भएको छ । बाग्मती प्रदेश ०१०२६ च ९२१३ नम्वरको सुजुकी कम्पनीको डवल क्याप हाईलेक्स जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
दुर्घटनामा एक जना घाईते भएका छन् । सडकदेखि ७०÷८० मिटर तल जिप खसेको सुर्खेत प्रहरीले जनाएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका ७ बस्ने २७ बर्षका सागर शाही, डुगेश्वर गाउँपालिका ५ बस्ने ३३ वर्षका दिपेन्द्र जंग शाही, दैलेख भगवतीमाई गाउँपालिका ५ बस्ने ३१ वर्षका बबिन शाही र गुरासँ गाउँपालिका ३ बस्ने ३६ बर्षका राजेन्द्र विसीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मुत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।

भैरवी गाउँपालिका ५ बस्ने २६ वर्षका वीरेन्द्र राज शाहीको प्रदेश अस्पतालमा उपचार भईरहेको छ । उनको छाती र हातमा चोट लागेको छ । उपचारका क्रममा आईतवार विहान घाईते चार जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए ।