☰ open Loading... 20 September 2024|  

सरकारी सवारी चालकलाई ट्राफिक नियम
  | १० माघ २०७९, मंगलवार ०५:१७

वीरेन्द्रनगर – सरकारी कार्यालयमा कार्यरक्त सवारी चालकहरुलाई ट्राफिक नियमबारे प्रशिक्षण दिईएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतको समन्वयमा जिल्ला ट्राफिक कार्यालय सुर्खेतले सरकारी सवारी चालकहरुलाई प्रशिक्षण दिएको हो ।
चालकहरुलाई आचरण, ब्यवहार, ट्राफिक नियम÷कानुन र प्रविधिमा आएको नयाँ अपडेटका बारेमा प्रशिक्षण दिईएको थियो । जिल्लाका ३७ जना सवारी चालकहरु प्रशिक्षणमा सहभागी थिए । सरकारी सवारी चालकहरु उदारणीय रुपमा बन्नका लागि आफुलाई नियमकानुनभित्र रहेर सवारी साधन चलाउनुपर्ने प्रशिक्षण दिईएको थियो सुर्खेतका सवारी चालकहरुलाई एकै ठाउँमा राखेर प्रशिक्षण दिने कार्य भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख प्रहरी उपरिक्षक (एसपी) प्रज्वल महर्जनले बताए ।

क्याप्सन ः सरकारी सवारी चालकहरुलाई सुर्खेतमा ट्राफिक सचेतनाबारे प्रशिक्षण दिदैं ।

प्रशिक्षणले चालकहरुमा उत्साह बढेको जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रहरी निरिक्षक नेत्रबहादुर कुँवरले बताए । एसपी महर्जन र प्रहरी निरिक्षक कुँवरले प्रशिक्षण दिएका थिए । ट्राफिक संकेतहरुमा ध्यान दिने र ब्यक्तिगत आचरण राम्रो बनाउन प्रमुख रुपमा चालकहरुलाई प्रशिक्षण दिईएको जनाईएको छ ।