☰ open Loading... 20 September 2024|  

जुम्लाको पातारासीमा एक जना मृत फेला
  | १० माघ २०७९, मंगलवार ०५:२२

जिल्लाको पातारासी गाउँपालिकामा एक जनाको शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मृत भेटिनेमा पातारासी गाउँपालिका कै ४७ वर्षीय जोरासिंह बुढा रहेका छन् ।

उनी सोमबार दिउँसो गाउँपालिकास्थित डिल्ली साना जलविद्युत आयोजनाको नालामा मृत फेला परेका हुन् ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।