☰ open Loading... 20 September 2024|  

रुकुम पूर्वमा हिमपात शुरु, कृषकहरु खुसी
  | ११ माघ २०७९, बुधबार ०५:०६

रुकुम पश्चिम : मौसममा आएको बदलीसँगै रुकुम पूर्वका केही उच्च हिमाली क्षेत्रमा हिमपात शुरु भएको छ । यो जिल्लामा यस वर्षकै पहिलो हिमपात हो । गएका वर्षहरुमा भन्दा यस वर्ष हिमपात ढिला गरी शुरु भएता पनि कृषकहरु खुसी भएका छन् ।

 

जिल्लाका पुथा उत्तरगङ्गा गाउँपालिका, सिस्ने गाउँपालिकाका १ र २ नम्बर वडा तथा भुमेका केही क्षेत्रहरुमा हिमपात भइरहेको छ । मंगलबारबाट शुरु भएको वर्षा र हिमपातले जिल्लामा विद्यालय जाने बालबालिका, ज्येष्ठ नागरिकलाई भने समस्या हुने देखिएको छ ।

 

यता आकाशे पानीको भरमा खेती गर्ने किसानलाई भने हिमपात र वर्षाले निकै राहत मिलेको छ । हिमपात र वर्षाले यस वर्षको बालीनाली सप्रिने भन्दै जिल्लाका किसानहरु हर्षित भएका हुन् ।