☰ open Loading... 20 September 2024|  

भूकम्पले बाजुराको बडिमालिकाका सात घरमा क्षति
  | ११ माघ २०७९, बुधबार ०५:०९

मुगु। कर्णाली प्रदेशलगायत पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार दिउँसो हिमपातसँगै २ः४३ बजे भूकम्पको धक्का महसुस गरिएको हो।

भुकम्पका कारण बाजुराको बडिमालिकामा सात घरमा क्षति पुगेको छ । बाजुरा जिल्लाको मदनामेला केन्द्र बिन्दु भएर भूकम्प गएको हो। भूकम्पको धक्का बैतडी र बाजुरासँगै सुदूरपश्चिम प्रदेशका जिल्लामा महसुस गरिएको छ। क्षतिको विवरण भने आइसकेको छैन।