☰ open Loading... 21 September 2024|  

सुशासनमैत्री बन्दैै गाउँपालिका
  | १३ माघ २०७९, शुक्रबार ०५:३९

 

दैलेख- दैलेखको गुराँस गाउँपालिलाई सुशासनमैत्री गाउँपालिकाको रुपपमा चिनाँउन  जनप्रतिनिधिहरु लागिपरेका छन् । गाउँपालिकाले कार्यसञ्चालनका लागि आवश्यक कार्यविधि तथा ऐन, नियम, निर्देशिकाहरु निर्माण गरेर गाउँपालिलाई सुशासनमैत्री बनाउन लागेको हो ।

गाउँपालिकाले ७९ वटा विभिन्न ऐन, नियम, कार्यविधिहरु निर्माण गरेको छ। गत वैशाखमा निर्वाचित भएको नयाँ नेतृत्वले ४५ वटा विभिन्न ऐन, नियम तथा कार्यविधि निर्माण गरेको छ ।गाउँपालिकाको ११ औं गाउँसभाको दोस्रो बैठकबाट मात्रै विभिन्न २४ वटा कार्यविधि तथा ऐन पारित गरिएको हो ।गाउँपालिकाले ११ औं गाउँसभाको दोस्रो बैठकबाट गरिएका निर्णयहरु सार्वजनिक गर्न आयोजित मिडियाकर्मी भेटघाट कार्यक्रममा गाउँपालिकाका प्रवक्ता दिपेन्द्र वलीले तत्काल आवश्यक पर्ने विभिन्न २४ वटा ऐन, नियम तथा कार्यविधिहरु बैठकबाट पारित गरिएको बताए ।

 

उनले भने गाउँपालिकाको शान्ति सुरक्षा कायम गर्न गुराँस गाउँ प्रहरी परिचालन समेत हुने छन । ‘कार्यालयमा भीड लाग्दा व्यवस्थापन गर्न होस्, अथवा गाउँको शान्ति सुरक्षा कायम गर्न किन नहोस्, त्यसमा गाउँ प्रहरीले सहयोग गर्ने छन । प्रवक्ता ओलीले भने, ‘ठूला समस्या आउँदा नेपाल प्रहरी छ, स–साना समस्या त हाम्रो प्रहरी पनि सक्रिय रहने छ ।

गाउँपालिकाका अनुसार मदिरा नियन्त्रण सम्बन्धी कार्यविधि २०७९, राउटे समुदायलाई सुविधा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, यौनिक अल्पसंख्यकलाई सुविधा उपलब्ध बनाउने सम्बन्धी कार्यविधि र कृषि उपज संकलन केन्द्र संचालन सम्बन्धी कार्यविधि लगायतका २० वटा कार्यविधि पास गरिएको छ ।

यसैगरी, पालिकाको गाउँसभाले वडा कार्यालय, स्वास्थ्य चौकी, र विद्यालयहरुमा अति आवश्यक कर्मचारी सेवा करारमा भर्नाको प्रक्रिया अगाडी बढाउने समेत निर्णय गरेको छ ।