☰ open Loading... 21 September 2024|  

रास्वपाका शनिबारदेखिका सबै कार्यक्रम स्थगित
  | १४ माघ २०७९, शनिबार ०५:१३

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबारदेखि तय भएका सबै कार्यक्रम स्थगित भएको जनाएको छ । महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले शुक्रबार सूचना जारी गर्दै विशेष परिस्थितिका कारण यही माघ १४ देखि सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरुको विस्तारित बैठक तथा संगठन विस्तारका कार्यक्रम अनिश्चितकाल लागि स्थगित भएको जनाएका हुन् ।

 

‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको निर्णय बमोजिम मिति २०७९/१०/१४ देखि सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरुको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रमहरु विशेष परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गराइन्छ,’ सूचनामा लेखिएको छ,’साथै पार्टीका लागि चुनौतीको यस घडीमा सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरु संयमता साथ प्रस्तुत हुनसमेत हार्दिक अनुरोध गर्दछौं ।’

रास्वपा सभापति रवि लामिछानेसँग नेपालको नागरिकता प्रमाणपत्र नभएको भन्दै शुक्रबार सर्वोच्च अदालतले फैसला गरेपछि उनको सांसद, मन्त्री पद गएको छ । चितवन-२ बाट निर्वाचित भएर उनी उपप्रधान तथा गृहमन्त्री बनेका थिए ।