☰ open Loading... 6 June 2025|  

भेरीगंगा नगरपालिकाले दीर्घरोगीलाई मासिक २ हजार दिने
  | १५ माघ २०७९, आईतवार ०५:१८

वीरेन्द्रनगर — सुर्खेतको भेरीगंगा नगरपालिकाले दीर्घरोगीलाई मासिक २ हजार दिने भएको छ ।पालिकाले मुटु रोग, मिर्गौला रोग, क्यान्सर रोग, पार्किन्सस, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, प्यारालाइसिस भएका बिरामीहरुलाई उपचार खर्च स्वरुप मासिक दुई हजार दिने निर्णय गरेको छ ।

उक्त रोग भएका पीडितहरुले रकम प्राप्त गर्नलाई चिकित्सकको सिफारिस, वडा कार्यालयको सिफारिस, नागरिताको प्रमाण पत्रको प्रतिलिपि तथा अन्य रोग प्रमाणित गर्ने आवश्यक कागजातसहित नगरपालिकामा सम्पर्क गर्नुपर्ने नगर प्रमुख यज्ञप्रसाद ढकालले बताए ।