☰ open Loading... 22 September 2024|  

६ महिनामा ८ करोड बढी राजस्व संकलन
  | १६ माघ २०७९, सोमबार ०५:१६

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ८ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष शुरु भएको साउन महिनादेखि पुस मसान्तसम्म ८ करोड २० लाख ९७ हजार ६ सय १८ रुपैयाँ ९२ पैसा राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा १९ करोड ९६ लाख ८७ हजार ९ सय १० रुपैयाँ १० पैसा गत आर्थिक वर्ष २०७८/०७९ मा २२ करोड २६ लाख ५८ हजार २ सय ३० रुपैयाँ ८३ पैसा संकलन गरेको थियो ।

 

जसअन्तरगत नगरपालिकाले सम्पति कर, भूमि तथा मालपोत, घरवहाल, दमकल सेवा, विज्ञापन, व्यवसाय, कृषि तथा पशुजन्य बस्तुको व्यवसायिक कारोबार, अखेटोपहार, घरजग्गा रजिष्ट्रेसन, सरकारी सम्पतिको बहाल, न्यायिक दस्तुर, शिक्षा क्षेत्रको आम्दानी, परीक्षा शुल्क, निजी धारा शुल्क, अन्य प्रशासनिक सेवा शुल्क, नक्सा पास दस्तुर, दहत्तर बहत्तर (ढुङ्गा, गिट्टी र वालुवा) सिफारिस दस्तु व्यक्तिगत दस्तुर, नाता प्रमाणित लगायतका विभिन्न ३४ वटा कर शिर्षकबाट राजस्व संकलन गर्ने गरेको छ ।

 

वीरेन्द्रनगर नगरपालिकाका १६ वडाहरु मध्ये यस चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वडा नम्बर ६ मा सबैभन्दा धेरै र सबै भन्दा कम वडा नम्बर १६ मा भएको नगरपालिकाको तथ्याङ्गकमा उल्लेख गरिएको छ । जसमा वडा नम्बर ६ मा ६१ लाख ६ हजार १ सय ५९ रुपैयाँ  र वडा नम्बर १६ मा ६१ हजार ८ सय ४२ रुपैयाँ ४२ पैसा संकलन भएको छ । यस्तै वडा नम्बर १ मा १३ लाख १८ हजार १ सय १५, वडा नम्बर २ मा १५ लाख ३२ हजार ४ सय २५ रुपैया ४२ पैसा, वडा नम्बर ३ मा ३६ लाख ५२ हजार २७ पैसा, वडा नम्बर ४ मा ३२ लाख २९ हजार ५३ रुपैयाँ ६६ पैसा, वडा नम्बर ५ मा १० लाख ८१ हजार ९ सय ५३ रुपैया ७३ पैसा संकलन भएको छ ।

 

यस्तै वडा नम्बर ७ मा १७ लाख १५ हजार ९ सय ३६ रुपैयाँ २७ पैसा, वडा नम्बर ८ मा १८ लाख ५७ हजार २३ रुपैयाँ ४४ पैसा, वडा नम्बर ९ मा १३ लाख ८९ हजार ४ सय ९७ रुपैया ६ पैसा, वडा नम्बर १० मा २६ लाख १७ हजार ७ सय ७७ रुपैयाँ ६ पैसा, वडा नम्बर ११ मा ९ लाख ५८ हजार ६ सय ९ रुपैया ३१ पैसा, वडा नम्बर १२ माा २२ लाख ७० हजार २ सय ३० रुपैयाँ ५६ पैसा, वडा नम्बर १३ मा ४ लाख २१ हजार ४ सय ६७ रुपैयाँ ९ पैसा वडा नम्बर १४ मा २ लाख १७ हजार ७ सय ८६ रुपैयाँ ४४ पैसा र वडा नम्बर १५ मा ७५ हजार ९ सय ७५ रुपैयाँ ६२ पैसा संकलन भइको अधिकृत खत्रीले जानकारी दिए ।