☰ open Loading... 22 September 2024|  

युवतीमाथि करणी गरेको आरोपमा एक जना पक्राउ
  | १६ माघ २०७९, सोमबार ०५:१९

रुकुमपश्चिम। एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा रुकुमपश्चिमबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जबरजस्ती करणीको आरोपमा धादिङका २७ वर्षीय जनक श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले मुसिकोट नगरपालिका-१ निवासी २२ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको बताए।

युवती माघ ११ गते राति बलात्कारमा परेकी थिइन्। अभियुक्त श्रेष्ठलाई रुकुमपश्चिम जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।