☰ open Loading... 22 September 2024|  

प्रमुख र उपप्रमुख बिच सडकमै हात हालाहाल
  | १७ माघ २०७९, मंगलवार ०५:२२

कालीकोट । आन्तरिक विवाद चर्किएपछि खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही र उपप्रमुख गणेशबहादुर शाहीबीच हात हालाहाल भएको छ।

कर्मचारी कति राख्ने र कसको पहुँच कति हुने भन्ने विषयमा दुई जनाबिच विवाद भएको हो। प्रमुख र उपप्रमुख दुवै जनाले आफ्ना अडान नछोड्दा झडपको अवस्था आएको कर्मचारीले प्रतिक्रिया दिएका छन्।

शुक्रबार राति सडकमै हात हालाहाल गरेका प्रमुख र उपप्रमुखले आइतबार बिहान ११ बजे फेरि नगरपालिका बाहिर झगडा गरेको प्रत्यक्षदर्शीले बताएका छन्। अनेरास्ववियु कालीकोटका अध्यक्ष धर्मराज शाहीले सडकमै झडप हुन लागे पछि आफूहरुले रोकेको बताए ।

नगरप्रमुख कमलबहादुर शाहीले पुराना कर्मचारी सबै हटाउन नमिल्ने बताएका छन् भने उपप्रमुख गणेशबहादुर शाहीले सबै करारका कर्मचारी हटाएर विज्ञापन गर्नुपर्ने अडान लिएका छन् ।

उपप्रमुखकै माग बमोजिम करार कर्मचारी हटाएर पुनः विज्ञापन भएको र आज भोलि नै नयाँ करार कर्मचारीको नतिजा निकाल्ने तयारी हुँदा स्वार्थ बाझिएकाले विवाद भएको कमर्चारीको भनाइ छ।

वैशाखको चुनावमा नगरप्रमुख स्वतन्त्रबाट र उपप्रमुख माओवादी केन्द्रबाट विजयी भएका छन् । नगरप्रमुख अहिले नेकपा (एकीकृत समाजावादी)मा प्रवेश गरेका छन् भने चुनावमा तत्कालीन सत्ता पक्षको समीकरणमा टिकट नपाएपछि शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए ।