☰ open Loading... 10 February 2025|  

कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा ७ जना घाइते
  | १८ माघ २०७९, बुधबार ०५:३२

कर्णाली राजमार्ग अन्र्तगत दैलेख खण्डको चामुण्डाविन्द्रासैनी नगरपालिकाको पाल्तडा नजिक यात्रु बहाक एसएमएल गाडी दुर्घटना भएको छ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको कर्णाली प्रदेश ०२०००१ ख ०१६६ नम्वरको गाडी हुँदा ७ जना घाइते भएका हुन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। गाडीमा १५ जना यात्रु सवार रहेको र दुर्घटना लगत्तै समयमै उद्धार कार्य भएको दैलेख प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए।

घाइतेहरुको स्थानीय मेडिकलमा उपचार पछि थप उपचारका लागि सुर्खेत पठाइएको छ। गाडी सडकदेखी करिव ७० मिटर तल कर्णाली नदि नजिक खसेको छ। दुर्घटनाको कारण पत्ता नलागेको जनाइएको छ।