☰ open Loading... 19 September 2024|  

पत्रकारितामा क्रियाशील नरहेकालाई सदस्यता त्याग गर्न महासंघको अपील
  | २० माघ २०७९, शुक्रबार ०५:१८

काठमाडौंः नेपाल पत्रकार महासंघले पत्रकारितामा क्रियाशील नरहेकालाई सदस्यता त्याग गर्न अपील गरेको छ । महासंघका महासचिव रोसन पुरीको संयोजकत्वमा पूर्वमहाचिव उजिर मगर र पूर्वसचिवद्वय रामप्रसाद दाहाल र धर्मेन्द्र कर्ण सदस्य रहेको ‘सदस्यता शुद्धीकरण समिति’ले पत्रकारितामा क्रियाशील नरहेकालाई सदस्यता त्याग गर्न आग्रह गरेको हो ।

 

बिहीबार बसेको समितिको बैठकले  साधारण सभाबाट प्राप्त कार्यादेश बमोजिम कार्य अगाडि बढाउने निर्णय गरेको छ । जसअनुसार समितिले महासंघमा आवद्ध सबै सदस्यहरूको अद्यावधिक विवरण संकलन गरी छानबिन गरेरमात्रै सदस्यता नवीकरण, स्थानान्तरण र नयाँ सदस्यताको प्रक्रियालाई अगाडि बढाउने नीति तय गरेको छ ।

 

यस्तै पत्रकारितामा नरहेका तर महासंघको सदस्यता कायम भएका सबैमा स्वेच्छिक रूपमा अबिलम्ब सदस्यता त्याग गर्न अपील गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

 

अन्यथा समितिले तयार पारेको सदस्यता शुद्धीकरण  मापदण्ड मस्यौदामाथि शाखा, एशोसिएट, प्रदेश र केन्द्रीय समितिसँग आवश्यक परामर्शपछि अन्तिम रुप दिई कडाईका साथ लागू गरिने महासंघले जनाएको छ । महासंघकाअनुासर हाल पत्रकारितामा नरहेका तर महासंघको सदस्य कायम रहेको पाइए प्रक्रियागत रूपमै सदस्यताको सूचीबाट हटाइने छ ।