☰ open Loading... 20 November 2025|  

रविलाई गृहमन्त्री बनाउन माग गर्दै आत्मदाहको प्रयास
  | २० माघ २०७९, शुक्रबार ०५:३३

सुर्खेत । जुम्लामा एकजनाले रविलाई गृहमन्त्री बनाउन माग गर्दै आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाअगाडि बाँकेको कोहलपुर घर भएका गोकर्ण कार्कीले बिहीबार पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका हुन्।

जुम्लाका डीएसपी नरेन्द्र चन्दका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारी चालक कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दै गर्दा प्रहरीले जोगाएको छ। भ्रष्टाचारीलाई कारवाही हुनु पर्छ, रवि लामिछानेले न्याय पाउनुपर्छ, गृहमन्त्री बनाउनुपर्छ भन्दै सरकारी कर्मचारीसमेत रहेका कार्कीले आत्मदाह प्रयास गरेका हुन्।