☰ open Loading... 16 September 2024|  

मध्यपश्चिम विश्वविद्यालयमा चैत्र ३ गते स्ववियू चुनाव हुने
  | २० माघ २०७९, शुक्रबार ०५:३४

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनाव आगामी चैत्रमा हुने भएको छ । माघ १० गते बसेको विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले चैत्र ३ गते गर्ने गरी निर्णय गरेको हो ।

विश्वविद्यालयका रजिस्टार प्रा.डा नारायणप्रसाद पौडेलले मध्यपश्चिम विश्वविद्यालय सङ्गठन तथा शैक्षिक–प्रशासनिक नियमावली ०७९ को नियम १६८ अनुसार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न लागिएको जानकारी दिए ।