☰ open Loading... 20 November 2025|  

सुर्खेतको चिङ्गाडमा सकेट बम जस्तो देखिने बस्तु फेला
  | २१ माघ २०७९, शनिबार ०५:२५

सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिका ४ ठाटीबजारमा सकेट बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ ।चिङ्गाड गाउपालिका वडा नम्बर ४ स्थित मटेला सुर्खेत सडक खण्डको ५० मिटर पश्चिम खोल्सी वडा कार्यालय बाट १५० मिटर दक्षिण दिशामा कम्ब्याट झोलामा सकेट बम जस्तो देखीने शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले बताए ।

पुरानो झोलासङै रहेको उक्त शंकास्पद बस्तु बम हुनसक्ने भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछी अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।