☰ open Loading... 16 September 2024|  

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
  | २४ माघ २०७९, मंगलवार ०५:१६

काठमाडौंः नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।

 

निगमका अनुसार  डिजेल, पेट्रोल र मट्टितेलको साविक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु १७८,  डिजेल र मट्टितेलमा प्रतिलिटर रु १७५ कायम गरिएको छ । निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाएको छैन ।

 

भारतीय आयल कर्पोरेशनबाट माघ १८ मा प्राप्त नयाँ मूल्य अनुसार निगमलाई पर्नसक्ने नोक्सानीलाई मध्यनजर गर्दै मूल्य वृद्धि गरेको जनाएको छ । अझैपनि भारतीय आयल कर्पोरेशन लिमिटेडलाई १६ अर्ब ३० करोड ऋण तिर्न बाँकी रहेको निगमले जनाउको छ ।