☰ open Loading... 25 December 2024|  

झोला किन्ने पैसा नहुँदा ‘किताब कापी टाउकाेमा’
  | २७ माघ २०७९, शुक्रबार ०५:२७

गरिबिका कारण सुर्खेतको सिम्ता गाउँपालिका –१ मा रहेको सूर्य ज्योति माध्यमिक विद्यालयका अधिकांश विद्यार्थीहरूसँग किताब/कापी बोक्ने झोला छैन। जसका कारण उनीहरू किताब कापी प्रायः टाउको र हातमै बोकेर विद्यालय जाने/आउने गर्दछन्।

अभिभावकको आर्थिक अवस्था कमजोर हुँदा आफ्ना नानीबाबुहरूका लागि बोक्ने झोला किनिएको छैन। झोला किन्ने पैसा नहुँदा प्राय विद्यार्थीहरू टाउको र हातमै आफ्नो किताब कापी बोक्ने गरेका हुन्।

दिनहुँ विद्यालय जाँदा आउँदा यसरी झोलाविना किताब कापी बोक्दा च्यात्तिने, हिलो धुलोमा खस्ने समस्या उस्तै हुने गरेको विद्यार्थीहरूको गुनासो छ। झोला किन्ने पैसा घरबाट नदिँदा आफूहरूले हात र टाउकोमै किताब कापी बोकेर आउनुपरेको विद्यार्थीहरू बताउँछन्।

झोला नहुँदा सधैँ हात र टाउकोमा किताब कापी बोकेर पढ्न स्कुल आउनुपर्ने रहर नभई बाध्यता रहेको रहेको एक छात्रा विद्यार्थीले बत्ताइन्। कतिपय अभिभावकको घरको आर्थिक अवस्था कमजोर भएका कारण अभिभावकहरूले आफ्ना नानीबानुहरुका लागि झोला समेत किन्न नसकेको विद्यालयका प्रधानाध्यापक शिवलाल शर्माले बताए।

‘विद्यार्थीहरू आफै पनि झोला नबोक्ने र कतिपय अभिभावकहरूको आर्थिक अवस्था कमजोर छ।’ प्रधानाध्यापक शर्माले भने, जसका कारण झोला नहुँदा विद्यालयमा विद्यार्थीहरू हात र टाउकोमै किताब कापी राखेर पढ्न आउनुपर्ने गर्दछन्।’