☰ open Loading... 19 September 2024|  

ट्याक्टरले किचेर बिरामीको मृत्यु
  | १ फाल्गुन २०७९, सोमबार ०५:०१

जाजरकोटमा ट्याक्टरले किचेर एक जना प्यारालाईसिसका बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका–५ दम्दलाका ६० बर्षीय खड्क थापा रहेका छन् ।

उनलाई सदरमुकाम खलंगाबाट सोही पालिकाको दम्दला तर्फ जाँदै गरेको भे।२त।३०९ न।को ट्याक्टरले किचेको हो । ट्याक्टर चालक पनि सोही ठाउँकै ३१ वर्षीय जीतबहादुर नेपाली रहेका थिए । प्रदेश प्रहरी कार्यालयका अनुसार मृतक थापा चालक सँगैको सिटमा बसिरहेका थिए।

उनी एक्कासी खसेको र सोही ट्याक्टरको ट्रालीको बाँया तर्फको टायरले च्यापिएर मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको छ ।