☰ open Loading... 7 September 2024|  

आन्दोलनकारी र प्रहरीबिच झडप हुँदा प्रहरी र पत्रकार घाइते
  | २ फाल्गुन २०७९, मंगलवार ०५:१७

आइतबार दिउँसो बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएपछि आक्रोशित आफन्तले सोमवार बिहानैदेखि आन्दोलन गरेका छन्।

आन्दोलनका क्रममा आज दिउँसो झडप भएको छ। झडपमा प्रहरी जवान ढाकाराम पौडेल घाइते भएका छन्। घाइते प्रहरीको टाउकोमा चोट लागेको र अहिले उनको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ।

आन्दोलनको समाचार संकलन गर्न गएको लाईका खबरका पत्रकार बलबहादुर थापालाई यातायात व्यवसायीमा काम गर्ने कर्मचारीहरूले आक्रमण गरेका छन्। पत्रकार थापाको पनि उपचार भइरहेको छ।

 लाईका खबरका  घाइते पत्रकार बलबहादुर थापा।

मंगलगढी चौकमा प्रहरीमाथि ढुंगा प्रहार हुन थालेपछि प्रहरीले ३ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो।

‘पीडित पक्षहरू जाहेरी लिएर प्रहरीको आउनुभएको छ। यहाँ यातायात व्यवसायीहरू पनि सहमतिका लागि आएका छन्।’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र सिंह थापाले भने, ‘गल्ली गल्लीबाट एक्कासि पीडित नभएर होहल्ला गर्ने मनसायले पीडितका नाममा मान्छेहरू घुसेर प्रहरीबाट आक्रमण भएको छ।’

ठाउँ ठाउँमा सोमबार बिहान आन्दोलनकारी टायर बालेर प्रदर्शन गरिरहेका छन्।

आन्दोलनका कारण बिहानदेखि सुनसान वीरेन्द्रनगरको मुख्य चार लेनको सडक। 

छेडागाढ नगरपालिका –६ जाजरकोट हाल वीरेन्द्रनगरपालिका –१० बामेखोला बस्ने ६६ बर्षिय नदी रावतको बसको ठक्करले आइतबार दिउँसो मृत्यु भएको थियो। त्यसयता आफन्तहरूले विभिन्न माग राखेर प्रदर्शन गरिरहेको थिए।