☰ open Loading... 20 September 2024|  

दुर्घटना हुँदा १ जनाको मृत्यु
  | ४ फाल्गुन २०७९, बिहीबार ०५:२१

जुम्ला — जुम्ला पातारासी गाउँपालिका-६ उर्थुको बडिखोलामा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।ट्र्याक्टर दुर्घटनामा ५२ वर्षीया अमिर बोहोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश ०२-००१ त ०४२७ नम्बर भएको ट्र्याक्टर जुम्ला बजारदेखि पातारासी गाउँपालिका-२ तल्फीतिर जाँदै थियो । ट्र्याक्टर सवार ५ जना घाइते भएको र घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको डीएसपी प्रह्लाद कार्कीले बताए । घाइते हुनेमा २ महिला र ३ पुरुष रहेका छन् ।

ट्र्याक्टर ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । धेरै लोड भएको कारण ट्र्याक्टरले उकालो चढ्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । ट्र्याक्टर चालक फरार रहेको र खोजी भइरहेको डीएसपी कार्कीले बताए ।