☰ open Loading... 19 September 2024|  

वीरेन्द्रनगरमा कर्णाली उत्सव हुने
  | ५ फाल्गुन २०७९, शुक्रबार ०५:१३

कर्णाली उत्सव कुडा कर्नालीको चौथो संस्करण ५ गते शुक्रवारदेखि आइतबार ७ गतेसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यान परिसरमा हुने भएको छ। आयोजक ऋति फाउण्डेसनले पत्रकार भेटघाट गरी उत्सवका बारेमा जानकारी दिएको हो।

विभिन्न विषयहरुमा बहस गर्ने थलोको रुपमा २०७६ बाट सुरु भएको उत्सव २०८९ सम्म पुग्दा चार वटा संस्करणसम्म पुगेको हो। उत्सवले अहिलेसम्म ५० भन्दा बढी सवालहरुमा विभिन्न वक्ताहरु एकै थलोमा छलफल र बहस गरेको जनाएको छ। उत्सव चौथो संस्करणमा १६ वटा विषयगत सत्रहरु, कर्णालीका हिरोहरु भनेर चिनिने पैकेलोका कथाहरु, लोक बाजाहरुका लगायत हुने आयोजकले जनाएको छ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा र पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलबाट प्रवचनपछि उत्सवका सत्रहरु सुरु हुने कार्य तालिका रहेको छ। उत्सव सुरु हुने दिनको प्रभातमा वीरेन्द्रनगर आसपासका क्षेत्रहरु फन्को मार्ने गरी साइकल ¥यालीको आयोजना समेत गरिएको छ।

उत्सवमा साहित्यकार, लेखक, पत्रकार, कलाकार, र विशिष्ट व्यक्तिहरूको अतिथि वक्ताका रुपमा ५० भन्दा बढी सहभागी हुने आयोजक ऋति फाउण्डेसनका अध्यक्ष, उत्सव संयोजक कमल लम्सालले बताए। उत्सवमा कर्णाली चिन्तन, कर्नाली खेल्दो छ,  यो सहर, त्यो सहर, भोट–भेट, शिक्षा र समर्पण, दलित, दलिल, भोक र भोजन, रेडियोको रस, कर्णाली नदी प्रणाली, कर्णालीमा लगानी,  रुपान्तरणः पुस्तान्तरण, सग्लो समाजः सङ्लो राजनीति,  समावेशी शासन, डिजिटल डेमोक्रेसी, कर्णालीदेखि काठमाडौँसम्म सत्रहरुमा बहस÷छलफल हुनुका साथै पैकेलो, कर्णाली कन्सर्टः गजल सन्ध्या, बाजा र चित्र आदि प्रस्तुत हुने आयोजकले जनाएको छ।