☰ open Loading... 25 June 2025|  

सुर्खेतमा रुखबाट खसेर एकजनाको मृत्यु
  | ५ फाल्गुन २०७९, शुक्रबार ०५:१७

सुर्खेत। सुर्खेतमा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका ५ राजिगाँउका ३६ वर्षीया शुसिला खडकाको मृत्यु भएको हो।

घर नजिकै बारीको कान्लोमा रहेको सालको रुखमा घाँस काट्ने क्रममा उनी लडेर घाइते भएकी थिइन्। उनलाई उपचारको लागी मेहलकुना अस्पताल सुर्खेतमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको हुन्।ईलाका प्रहरी कार्यालय छिन्चुले घटनाको थप अनुसन्धान गरिरहेको छ।