☰ open Loading... 16 September 2024|  

जुम्लामा ग्यास लिक भएर आगलागी
  | ७ फाल्गुन २०७९, आईतवार ०५:१९

जुम्लाः जुम्लामा ग्यास लिक भएर आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले दिएको जानकारी अनुसार चन्दननाथ नगरपालिका ६ बसपार्कस्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको हो ।

 

न्यौपानेको तीन तले घरको भुइँतलामा आगलागी हुँदा ४ वटा कोठा र माथि तला जाने भर्‍याङमा जलेरको प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

 

उनकाअनुसार न्यौपानेको घरमा भाडामा वसेका नवराज खड्का खाना पकाउदै गर्दा एक्कासी रेगुलेटरमा आगो निस्केर आगजनी भएको हो । उनका अनुसार लिक भइरहेको आगो निभाउन खोज्दा ग्यास ढलेको र अन्य कपडामा आगो सरेपछि आगलागी भएको थियो ।

 

प्रहरी निरीक्षक जोशीकाअनुसार घटनाको जानकारी भएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीको क्रममा घरको दोस्रो र तेस्रो तलामा रहेका व्यक्तिहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।