☰ open Loading... 23 June 2025|  

बुद्धिचाल संघ कर्णालीको प्रदेशको अध्यक्षमा -श्रेष्ठ
  | ९ फाल्गुन २०७९, मंगलवार २०:४२


दैलेख- बुद्धिचाल संघ कर्णाली प्रदेशको अध्यक्षमा मिस्टर कार्लमाक्स श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । बुद्धिचाल संघ कर्णाली प्रदेशले बिरेन्द्रनगरमा आयोजना गरेको सघंको दोस्रो साधारण सभाले श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा गगन बहादुर शाही,सचिवमा लक्ष्मण ओली,सह-सचिव सन्तोष बिसि,कोषाध्यक्षमा अक्कल बहादुर शाही,र सदस्यहरूमा राजेश खड्का चादनि थापा रहेका छन् ।

नबनिर्वाचित अध्यक्ष श्रेष्ठले बुद्धिचाल खेल आम मानिसहरूको बुझाईमा खासै महत्व नदियपनि यो खेलले मानसिक रूपमा बौद्दिक क्षमतामा समेत बृद्दि हुने भएको हुदा आम रूपमा यस खेलका बारेमा थप प्रचार प्रसार गरि जनस्तरमा यस खेलको महत्वको बारेमा बुझाउदै नया अब्बल खेलाडी उत्पादन तर्फ आफु लागी पर्ने बताए ।