दैलेख जिल्ला बुद्धिचाल संघको चौथो अधिवेशन सम्पन्न भएको छ । विरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको अधिवेशनले नयाँ कार्य समिति समेत गठन गरेको छ ।
जिल्ला बुद्धिचाल संघ दैलेखको अध्यक्षमा दीर्घराज अधिकारी निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा मदन पाण्डे, सचिवमा संजिब बिसी, कोषाध्यक्षमा सुनिल न्यौपानेलाई चयन गरिएको छ । सदस्यमा विरेन्द्र कुमार केसि, नम्रता न्यौपाने र मीनराज भट्टराई निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्षदीर्घराज अधिकारीले आफूलाई अध्यक्षमा निर्वाचित गराएकोमा धन्यवाद ज्ञापन गर्दै संघको गरिमा र महिमालाई उचो बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।
स्थानीय तहमा पनि समिति गठन
यसैगरी संघको नारायण नगरपालिका अध्यक्षमा तेजेन्द्र कुमार थापा सर्वसम्मत चयन हुनुभएको छ । जसको उपाध्यक्षमा ,दिपेन्द्र बहादुर शाही, सदस्य सचिव दशरथ केसि र कोषाध्यक्षमा बासुदेब बहादुर शाही हुनुहुन्छ । यसैगरी सदस्यमा आयुस्मा आचार्य,स्वस्तीक सिजापति,सर्जन पाण्डे चयन भएका छन् ।