☰ open Loading... 12 March 2025|  

राप्रपाद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
  | १७ फाल्गुन २०७९, बुधबार ०५:१६

सुर्खेत। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राप्रपाले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

 

केन्द्रको निर्णय अनुसार नै समर्थन फिर्ता लिएको राप्रपाकी सांसद सन्तोषी शाहीले मध्यान्हलाई जानकारी दिइन् ।कर्णालीमा मंगलबार समर्थन फिर्ता लिएको सार्वजनिक भए पनि राप्रपाले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएकै दिन आफूले पनि समर्थन फिर्ता लिएको उनले जानकारी दिइन् ।