☰ open Loading... 12 March 2025|  

रुकुम पश्चिमको मेलगैरी लेक सडक सञ्जालमा जोडिदै
  | २५ फाल्गुन २०७९, बिहीबार ०५:१८

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं २ को लेकाली भेग मेलगैरी सडक सञ्जालमा जोडिने भएको छ । मेलगैरी गाउँ सडक सञ्जालमा जोडिने भएपछि स्थानीयमा खुशियाली छाएको वडा अध्यक्ष  प्रकाश खत्रीले बताए ।

 

जिपु गाउँदेखि काँडा हुँदै मेलगैरीसम्म सडक निर्माणको कार्य शुरु भएको हो । बाँफिकोट गाउँपालिका २ वडाका अध्यक्ष प्रकाश खत्री र स्थानीय समाजसेवीको उपस्थितिमा बाटो खन्ने कामको उद्घाटन गरिएको थियो ।

 

संघीय सरकार तथा गाउँपालिकाको बजेटबाट उक्त सडक निर्माण गर्न लागिएको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर ओलीले जानकारी दिए । उनकाअनुसार सडक निर्माणका लागि एक करोड छयननब्बे लाख बाह्र हजार रुपैयाँ लागत लाग्ने अनुमान छ ।

 

यस्तै सडक आगामी वैशाख मसान्तभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ । यस वर्ष मेलगैरीसम्म सडक पुर्‍याउने र अन्य बस्तीमा पनि क्रमशः सडक पुर्‍याउने उद्देश्य रहेको वडा कार्यालयले जनाएकाे छ ।