☰ open Loading... 14 March 2025|  

जिप र मोटरसाइकल ठोक्किँदा दुई घाइते
  | २८ फाल्गुन २०७९, आईतवार ०५:१५

सल्यान — सल्यानमा जिप र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शनिबार दिउँसो जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दैलेख चामुन्डा बिन्द्रासैनी नगरपालिका ९ का २९ वर्षीय लोकबहादुर रावत र लक्ष्मण खडका घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय सल्लीबजारका अनुसार छिन्चु जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बन्गाड कुपिण्डे नगरपालिका १ घोरेरी पुल नजिकै जाजरकोटबाट सुर्खेत जाँदै गरेको वाग्मती प्रदेस–१–०२७ नम्बरको जिप र नेपालगन्जबाट रुकुम जाँदै गरेको सुपप्र ०१–००८ प ४०२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

घाइते दुबैलाई सल्लीबजारमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको इप्रका सल्लीबजारका इन्चार्ज दाहालले जानकारी दिए ।

उनका अनुसार जिप र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको छ । अनियन्त्रित भएर जिप र मोटरसाइकल ठोक्किएको हुनसक्ने इप्रका सल्लीबजारका इन्चार्ज दाहालको भनाइ छ ।