☰ open Loading... 9 July 2025|  

दैलेखमा मनाइयो उपभोक्ता अधिकार दिवस
  | २ चैत्र २०७९, बिहीबार ०५:५९

दैलेख। दैलेखमा विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ ।स्वच्छ उर्जामार्फत उपभोक्ता सशक्तीकरण’ भन्ने मूल नाराका साथ उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय,दैलेख उद्योग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालयको आयोजनमा दिवस मनाइएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला गगन बहादुर हमालले परापूर्वकालदेखि नै आफूलाई आवश्यक परेको वस्तु साटासाट हुने गरिएको भएपनि जुनबेलाबाट वस्तु मुद्रामा किनबेच हुन थालेसँगै उपभोक्ताहरुले दिवसबाट अधिकार माग गरेको बताए । उपभोक्ताले सामान किन्दा मिति राम्रो सँग हेर्नू पर्ने र जानाजानी मिति सकियका बस्तुहरु बिक्रि गरेको पाएमा आफुलाइ जानकारि गराउन भन्दै तयस्ता ब्यापारिलाइ तत्काल कारवाहि गरिने पनि प्रमूख जिल्ला अधिकारि हमालले जानकारी दिए।

यस्तै नारायण नगरपालीका दैलेखका मेयर लोमन शर्माले उपभोक्ताहरु सचेत र जागरुक बन्नुपर्ने बताए । उपभोक्ताको हकहितका लागि नगरले सदैव पहरेदारी गर्ने प्रतिबद्धता जनाए । उनलेले खाद्य पदार्थ तथा सामानहरु बुझेरमात्र खरिद तथा उपभोग गर्न उपभोक्ताहरुमा आग्रह गरे ।
कार्यक्रममा जिल्लामा सरकारी तथा गैरेसरकारी कार्यालयका प्रमुख प्रतिनिधि, सुरक्षा निकायका प्रमुख प्रतिनिधि र पत्रकारहरुको सहभागीता रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय,दैलेखकी कार्यालय प्रमुख कल्पना खत्रीले बताईन् ।