☰ open Loading... 16 September 2024|  

रैथाने बाली संरक्षण अभियानमा नगरपालिका
  | ६ चैत्र २०७९, सोमबार ०५:२९

sharethis sharing button


दैलेख  :  जिल्लाको नारायण नगरपालिकाले रैथाने बाली संरक्षण अभियान सञ्चालन गरेको छ । कर्णाली प्रदेशले अर्ग्यानिक प्रदेश बनाउने निर्णय अनुसार नगरपालिकाले रैथाने बाली संरक्षण तथा प्रवर्द्धन अभियान सञ्चालन गरेको हो । नारायण नगरपालिका कृषि शाखाले रैथाने बालीको संरक्षण अभियान अन्तरगत सार्वजनिक क्षेत्रमा खाद्य परिकार प्रदर्शनी कार्यक्रम आयोजना गरेको थियो ।

नारायण नगरपालिकाका कृषि शाखा प्रमुख खेमराज शर्माले रैथाने बाली संरक्षणका लागी नगरपालिकाले विविध कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । उनले रैथाने बाली संरक्षण गर्नका लागी सार्वजनिक .स्थानमा त्यसका परिकार बनाएर प्रदर्शन गर्ने र कृषकलाई खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए । रैथाने बाली फापर,कागुनो, धान,कोदो,जौ,उवा लगायतका बाली बाट बनेका परिकारहरू प्रदर्शन गरिएको शाखा प्रमुख शर्माले बताए ।

नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले रैथाने बाली संरक्षणका लागी कृषकहरूलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए । उनले पछिल्लो समय खेती नगर्ने नागरिकको संख्या बढ्दै गएको बताउँदै कृषि पेसा प्रति जागुरुक गर्न रैथाने बाली तर्फ प्रोत्साहन गर्न जरुरी रहेको बताए । हाम्रा पुर्खाहरूले गर्ने खेती र अहिले खेती गर्ने तरिका फरक छ त्यस बेला रैथाने बाली बाट उत्पादन भएका खाना खाँदा बिरामी संख्या समेत कमी हुन्थ्यो नगर प्रमुख शर्माले भने अहिले उत्पादन हुने हरेक बस्तुमा बिषदी हुने भएका कारण बिरामी हुने संख्या दिनानुदिन बढ्दैछ । रैथाने बालीलाई कम लगानी र जमिनमा गर्न सकिने भएकाले स्थान विशेष ठाउँमा हुने गरी जलवायु अनुकूलित बालीका रूपमा पनि लगाउन सकिने नगर प्रमुख शर्माको भनाई छ ।

परापूर्व कालदेखि स्थानीय समुदायले खेती र संरक्षण गर्दै आएका बाली भएकाले किसानलाई खेती गर्न सिकाइरहनु नपर्ने भए पनि त्यसको बजारीकरणका लागी नगरपालिका नै जिम्मेवारी लिने नगर प्रमुख शर्माले बताए ।