☰ open Loading... 19 September 2024|  

एकदिने पशु स्वास्थ्य शिविर सम्पन्न
  | ९ चैत्र २०७९, बिहीबार ०७:२०

दैलेख –नारायण नगरपालिका ११बिन्ध्याबासिनीमा एकदिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । नारायण नगरपालिका दैलेखको आयोजनामा एकदिने पशु स्वास्थ्य शिविर  सम्पन्न भएको हो ।

शिविरमा गाँई, भैँसी, बाख्रा, गोरु , कुखुरा, कुकुर गरि २हजार २सय ७५ वटाको स्वास्थ्य जाच तथा औषधी उपाचार गरिएको थियो ।
एक सय कुकुरको निःशुल्क रेविज भ्याक्सिन तथा जुकाको औषधी उपलब्ध गराईएको नारायण नगरपालिका पशु सेवा शाखाका प्राविधिक चित्र प्याकुरेलले जानकारी दिए ।

उनले भने नव प्रवद्र्धन साझेदारी कार्यक्रम अन्र्तगत संञ्चानल गरिएको शिबिरमा शिविरमा सहभागी किसानहरुलाई विभिन्न किसिम पशु सम्बन्धि रोगहरुको बारेमा जानकारी समेत गरिएको बताए ।

गाउँघरमै निःशुल्क सेवा तथा पशुको उपचार गर्न पाउँदा निकै खुसी लागेको नारायण–११ का अगुवा किसान विक्रम बिष्टले बताए ।किसानलाई लक्षित गरेर सञ्चालन गरेको यस शिविरबाट यहाँका किसानलाई ठूलो राहत मिलेको नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले बताए ।पशुलाई समय समयमा चेकजाँच गराउनुपर्ने तथा किसानको आयश्रोतको मुख्य बाटो एउटा घरपालुवा पशु समेत रहेकोले यसलाई पनि मानवझै ध्यानमा राख्नुपर्ने बताएका थिए । उनले भने नगरपालिकाले यस्ता शिविरहरु आगमी दिनहरुमा पनि संञ्चालन गरिने जानकारी दिए ।

कार्यक्रममा नारायण नगरपालिका उपप्रमुख तप्ता कुमारी थापा, नानपा- ११ का वडाध्यक्ष दिर्घ मल्ल, नारायण नगरपालिका -६का वडाध्यक्ष जनक न्यौपानेको सहभागीता रहेको थियो ।कार्यक्रममा औषधी वितरण, खोप तथा बन्ध्याकरण र रेविज विरुद्ध खोप लगायतका सेवाहरु उपलब्ध रहेको थियो ।