☰ open Loading... 19 September 2024|  

एसईईमा उत्कृष्ट अंक ल्याउने परीक्षार्थीलाई सम्मान गरिने
  | १० चैत्र २०७९, शुक्रबार ०५:११

हुम्ला। हुम्लाको सिमकोट गाउँपालिकाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) मा ३.६ जिपिए भन्दा माथि ल्याउने परीक्षार्थीहरुलाई नगदसहित सम्मान गर्ने भएको छ ।

 

परीक्षामा विद्यार्थीहरुले राम्रो गरुँन भन्ने उदेश्यले गाउँपालिकाको कार्यपालिकाबाट निर्णय गराएर सो कार्यक्रम राखिएको हो । सिमकोट गाउँपालिकाका प्रवक्ता नन्द रावतले चैत्र १७ गतेबाट सञ्चालन हुने एसईई परीक्षामा ३.६ जिपिए मार्क ल्याए नगद दश हजार र प्रशंसापत्र प्रदान गरिने जानकारी दिए । गाउँपालिकाभित्र ७ वटा सामुदायिक विद्यालयहरु रहेको र त्यहाँका अध्ययनरत छात्र छात्राहरुहरु लाभान्वित हुनेछन् ।

 

सिमकोट गाउँपालिकाका सामुदायिक विद्यालयबाट यस वर्षको एसईईमा ५ सय ९९ परीक्षार्थीहरुले सहभागिता जनाउने भएका छन् । कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए ।

 

सिमकोट गाउँपालिका कार्यपालिका बैठकले सिमकोट गाउँपालिकाको तेश्रो त्रैमासिक समीक्षा चैत २४ गते र सार्वजनिक सुनुवाइ कार्यक्रम चैत २६ गते सुनुवाइ गर्ने निर्णय गरेको अध्यक्ष भण्डारीले बताए । त्यसैगरी रलिङ गुम्बाको गूरुयोजना निर्माणको लागि डीपीआर निर्माण गर्ने निर्णय समेत गरिएको छ ।

 

सोही अनुसार सिमकोट गाउँपालिका अन्तर्गत वलभद्र प्राथमिक विद्यालयलाई कक्षा ६ सम्म पठनपाठन गर्नको लागि अनुमति दिने सिमकोट गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको अध्यक्ष भण्डारीले बताए ।