☰ open Loading... 18 October 2024|  

दैलेखमा पाँच हजार ७३५ परीक्षार्थीले एसइई दिने
  | १७ चैत्र २०७९, शुक्रबार ०९:०३

दैलेख – आज शुक्रवारदेखि सुरु हुने यस वर्षको एसईई परीक्षामा दैलेख जिल्लाभरका एक सय ९ वटा विद्यालयका  पाँच हजार सात सय ३५ जना परीक्षार्थी सामेल हुने भएका छन् । यो वर्ष दैलेखमा २४ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिइएको छ ।

एसईई परीक्षा समन्वय समिति दैलेखका संयोजक प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुलाई परीक्षा व्यवस्थित, मर्यादित र शान्तिपूर्ण बनाउन प्रशिक्षण दिई खटाइएको बताए ।

एसईई परीक्षा समन्वय समितिका सदस्य सचिव शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रतनबहादुर बिष्टले नियमित तर्फ पाँच हजार एक सय ८१, ग्रेडवृद्धि तर्फ चार सय १२ र प्राविधिकतर्फ एक सय ४२ समेत ५ हजार ७ सय ३५ जना परीक्षार्थीले फाराम भरेको जानकारी दिए ।

परीक्षामा छात्रातर्फ ३ हजार १० जना र छात्रतर्फ २ हजार ७ सय २५ जना रहेका छन् । यस पटक छात्र भन्दा छात्रा वढी रहेका छन् । छात्र भन्दा छात्रा २ सय ८५ ले बढी छन् ।